कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५
1057

प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबीच बिमा सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट नायव महाप्रबन्धक दीपेन्द्रराज गौतम र ब्लु क्रस हस्पिटलका तर्फबाट लेखा तथा प्रशासन शाखाका प्रबन्धक सति गौतम सिंहले हस्ताक्षर गरे । यस सम्झौतापश्चात् प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बिमासम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरूले बिमालेखको सुविधाको आधारमा ब्लु क्रस हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सो अवसरमा प्रिमियर इन्स्योरेन्सका नायब महाप्रबन्धक दीपेन्द्रराज गौतमले प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छापसहित आम नेपालीको स्वास्थ्य सेवा पहुँचमा अभिवृद्धि हुने विश्वस्त भएको जानकारी गराएका छन् । साथै ब्लु क्रस हस्पिटलका प्रबन्धकले यो सम्झौतापश्चात् सम्पूर्ण सेवाग्राहीहरूलाई औषधोपचारसम्बन्धी बिमालेख खरिद गरी सोको लाभ उठाउन आग्रह गरे ।