कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५
666

स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आईएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल, धनगढी, कैलालीबीच आफ्ना ग्राहकहरूलाई नगदरहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरूलाई बिमालेखको सीमासम्म सीपी अस्पताल प्रालि, धनगढी, कैलालीबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक पवन थापा र सीपी अस्पताल प्रालि, धनगढी, कैलालीका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकास मौनीले हस्ताक्षर गरेका थिए ।