कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
518

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको समयमा बिमितहरुले घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइल एपमार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा सुरु गरेको छ ।
सिटिजन लाइफको एप सजिलै प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट लग इनमा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिने कम्पनीले बताएको छ ।

यस एपमार्फत बिमितले लिएको बिमा योजना, कुल बिमांक रकम, आफुले अहिलेसम्म तिरेको बिमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ ।
साथै सिटिजन लाइफको यस एपमा बिमा शुल्कसहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुबारे विस्तृत जानकारी र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि दिइएको कम्पनीले जानकारी दिएको छ ।