कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
573

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी वीरगन्ज शाखाले सहयोग हस्तान्तरण गरेको छ । इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रदेश २ प्रमुख रामरुप सहनीले वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरवागीलाई एक लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कोरोनाको उच्च जोखिममा रहेको वीरगन्जलाई सुरक्षित राख्न वीरगन्ज माहानगरले आफैले पीसीआर मेशिन र कीट खरिदको लागि तयारी गर्दै सार्वजनिक रुपमा सहयोगको लागि नगर प्रमुख सरावगीले आह्वान गरेपछि इन्स्योरेन्सले वीरगन्ज महानगरपालिकालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

महानगरको कोरोना कोषमा जम्मा गर्नका लागि एक लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको एशियन लाईफ इन्स्योरेन्सका प्रदेश २ प्रमुख सहनीले बताए । वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले कोरोना महामारीसँग लड्नका लागि विभिन्न किसिमको अभियानहरु निरन्तर जारी राखेका छन् ।
उनले वीरगन्जको गण्डक अस्ताललाई छुट्टै कोरोना विशेष अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको र अब कोरोना परीक्षणका लागि महानगरपालिकाले छुट्टै पीसीआर मेशिन र भिटिएम किट खरिद गरेर महानगरवासीलाई कोरोना मुक्त बनाउन सहयोगको आवश्यकता रहेको बताए ।