कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७
298

एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बिमा गरेको छ । कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै लघुवित्तले कोरोना भाइरसबाट हुन सक्ने सम्भावित जोखिमको रक्षावरणका लागि प्रतिकर्मचारी १ लाख रुपैयाँ बराबरको सामूहिक कोरोना बिमा गरेको बताइएको छ ।
वित्तीय संस्थाको सञ्चालक समितिको बैठकको निर्णय अनुसार एनएमबि लघुवित्त वित्तीय संस्था र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच कोराना बिमाको सम्झौता भएको हो । सम्झौता अनुसार अब वित्तीय संस्थामा कार्यरत कुन ैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउनेछ ।
एनएमबि बैंकको सहायक कम्पनी, नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले पोखरा महानगरपालिका–२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरि हाल ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख उन्नाइस हजार विपन्न घरपरिवारका सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।