कारोबार संवाददाता
सोमवार, जेठ ५, २०७७
174

कोरोना भाइरस सक्रमण नियन्त्रणका लागि सरकारका जारी गरेको लकडाउनकासँगै सर्वसाधारणको सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई शिखर इन्स्योरेन्सले विभिन सामग्री सहयोग गरेको छ ।
कम्पनीले नियमित डियुटीमा रहेका ट्राफिक प्रहरीको सुरक्षाका लागि फेस मास्क, पन्जा, लगायतका सुरक्षाका सामग्री हस्तान्तरण गरेको हो । ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका रहने र ट्राफिक प्रहरी कोरोना भाइरस सक्रमणको जोखिममा समेत पर्न सक्ने भन्दै काठमाडौं उपत्यकामा खटिने करिब १,५०० ट्राफिक प्रहरीको व्यक्तिगत सुरक्षाका लागि शिखर इन्स्योरेन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको हो ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।