कारोबार संवाददाता
बुधवार, बैशाख ३१, २०७७
479

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷०७७ को तेश्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बिमा कोष बलियो बनाउँदै २१२ प्रतिशतले वृद्धि गरेको छ । गत चैत मसान्तमा कम्पनीको जीवन बिमा कोषमा ४० करोड ४७ लाख रुपैयाँ रहेकोमा यस चैत मसान्तमा सो रकम १ अर्ब २६ करोड ४५ लाख पुगेको छ । यसका साथै सोही अवधिमा कम्पनीको खुद बिमा शुल्कमा पनि ७९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा खुद बिमा शुल्क ६५ करोड ५ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ ।