कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७
402

सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२० प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीद्धारा सार्वजनिक वित्तीय विवरण अनुसार सो अवधिमा ५७ करोड ५८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा २४ करोड ९५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । साथै कम्पनीको हालसम्म १ अर्ब १० करोड ८८ लाख रुपैयाँ बराबरको कुल बिमाशुल्क आर्जन गरिसकेको छ ।
कम्पनीले सो अवधिमा १४ लाख ९९ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने ११ करोड २७ लाख रुपैयाँ बीमा अभिकर्ता कमिशन बापत खर्च गरेको छ । साथै कम्पनीले बिमालेख धितोमा २ करोड १० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।