कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७
673

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा आइतबारदेखि लागू हुने गरी ४ वर्षका लागि प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । सोही दिन बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको भन्दै कम्पनीले यसअघि नै निजलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न स्वीकृतिका लागि नियामक निकाय बिमा समितिमा पठाइएकोमा बिमा समितिबाट वैशाख १७ गतेको पत्रबाट स्वीकृतिप्राप्त भएकोले सोहीबमोजिम सञ्चालक समितिले नियुक्त गरेको पनि जनाएको छ । ज्योति लाइफ इन्स्योरेन्सको स्थापनादेखि नै कार्यकारी उपप्रमुखका रूपमा कम्पनीको व्यवस्थापनको नेतृत्व गर्दै कम्पनीले व्यवसाय शुभारम्भ गरेको करिब ३ वर्षको अवधिमा नै नेपाली जीवन बिमा बजारमा आकर्षक तथा नयाँ–नयाँ विशेषता सहितका बिमा योजना जारी गरी शाखा विस्तार, व्यवसाय वृद्धि तथा नाफा आर्जनमा उल्लेख्य सफलता हासिल गर्दै ज्योति लाइफको अलग्गै पहिचान बनाइ कम्पनीको बलियो आधार स्तम्भ तयार गरी अग्रपंक्तिमा आउन सफल भएको पनि कम्पनीले जनाएको छ ।