कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
559

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को सञ्चालक समितिको निर्णयअनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा’ ५१ लाख रुपैया“ जम्मा गरिएको कम्पनीले जनाएको छ ।
उक्त ५१ लाख रुपैया“को चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिंडारीलाई एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायव प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल र वित्त विभाग प्रमुख विपिनकुमार लालले हस्तानान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय विपतमा सधैं सहयोग गर्ने गरेको बताउ“दै कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारस“ग एकजुट भई कार्य गर्न प्रतिबद्ध रहेको पनि बताए ।