कारोबार संवाददाता
सोमवार, चैत्र ३, २०७६
428

राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालयकोे आयोजनामा काठमाडौंमा शनिबार शाखा कार्यालयहरूको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले उद्घाटन गरेको उक्त गोष्ठीको सञ्चालन संस्थानका सह–व्यवस्थापक शुलक्षणा पण्डितले गरेकी थिइन् । गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले संस्थानको उपलब्धि र भावी रणनीतिबारे प्रकाश पारेका थिए भने शाखा कार्यालयका प्रबन्धकहरूले आ–आफ्नो शाखाको वर्तमान स्थिति र भावी कार्यक्रमहरू प्रस्तुत गरेका थिए । समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले शाखा कार्यालयका प्रबन्धकहरूले उठाएका समस्याहरूको सम्भव भएसम्म समाधान गर्दै जाने र प्रवन्धकहरूले पनि संस्थानको व्यावसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिएको थिए ।