डा. प्रकाशकुमार श्रेष्ठ
बिहिवार, फाल्गुन २९, २०७६
553

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा मिलियन डलर राउन्ड टेबल ‘एमडीआरटी’ कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरू माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको भन्दै कम्पनीले उक्त कार्यक्रममा ४ सयभन्दा बडी सक्रिय सिटिजन लिडरहरूको उपस्थिति रहेको जनाएको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले ‘एमडीआरटी’ के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरूका बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरूलाइ प्रेरित गराएका थिए । यसका साथै उनले ‘एमडीआरटी’ का लागि योग्य हुनआवश्यक कुराहरूमा जोड दिए ।
सोही कार्यक्रममा ‘एमडीआरटी’मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरूलाई तथा ‘एमडीआरटी’ को लक्ष्य लिनुभएका सिटिजन लिडरहरूलाई सम्मान पनि गरिएको थियो । समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यो पेसालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउँदै ‘एमडीआरटी’ जस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए ।