कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
1185

गायिका तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रूपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । काठमाडौंको होटल -याडिसनमा उनले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै यसमा आबद्ध भएकी हुन् ।
उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरूसहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकहरूले स्वागत गरेका थिए । कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले नयाँ ब्रान्ड एम्बेसडर पाएकोमा खुसी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँदिशामा अघि बढाउने बताए । उनले भने, “जोशी र हामी सबै मिलेर नयाँ अवसरको खोजी र चुनौतीको सामना गर्दै सबै उमेर, समूह र क्षेत्रका मानिसको बिमा गराउन सक्छौं भन्ने मलाई लाग्छ ।” कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्रान्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरूलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए ।
यसैबीच जोशीले भनिन्, “म यस कम्पनीको ब्रान्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महसुस गरिरहेको छु ।” ब्रान्ड एम्बेसडर बनेसँगै जीवन बिमाको विषयमा सचेतना र शिक्षा फैलाउनमा मेरो महत्वपूर्ण भूमिका हुनेछ ।