कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६
351

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्चित बज्राचार्यको कार्यकाल थपिएको छ । सीईओ बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल पूरा भई माघ १ गतेदेखि नयाँ कार्यकाल थपिएको कम्पनीले जनाएको छ । यससँगै उनले आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।
लामो समयदेखि प्रभु इन्स्योरेन्समा आबद्ध रहेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । साथै, उनीसँग सरकारीलगायत अन्य विभिन्न क्षेत्रको २५ वर्षको कार्य अनुभव रहेको पनि कम्पनीले जनाएको छ ।