कारोबार संवाददाता
बुधवार, माघ १, २०७६
943

बिर्तामोड - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक मृतक विमितका परिवारलाई मृत्यु दावी रकम उपलब्ध गराएको छ । बिर्तामोडमा मंगलवार मृत्यु दावी भुक्तानी कार्यक्रम गरी मृतक इन्द्रप्रसाद दंगालको परिवारलाई एक करोड ३ लाख १५ हजार रुपैयाँ विमा रकम हस्तान्तरण गरेको हो ।
बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का दंगालको सवारी दुर्घटनामा निधन भएको थियो । उनको गत कार्तिक ४ गते शिवसताक्षि नगरपालिकाको दुधेमा सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृतकले गत असार ३१ गते ५० लाख रुपैयाँ वरावरको अमृत बर्षा विमा योजना खाता खोलेका थिए । उनले पहिलो किस्ता वापतको ४ लाख ६६ हजार ९ सय रुपैयाँ कम्पनीलाई बुझाएका थिए ।

१६ बर्षको सो विमा अवधि रहेको र मृत्युपछि उनकी श्रीमती सुस्मिता थपलियाले मृत्यु दावीको कागजपत्र बिमा कम्पनीमा पेश गरेकी थिइन् । उक्त रकम कम्पनीले सम्पूर्ण पक्रिया पुर्याएर मृतको परिवारलाई चेक हस्तान्तरण गरेको नेशनल लाइफ इन्स्योरेनस कम्पनी बिर्तामोड शाखा प्रमुख कमल बुढाथोकीले बताए ।
बिर्तामोड शाखा प्रमुख बुढाथोकीको अध्यक्षता तथा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कम्पनीका प्रदेश नं. १ प्रमुख नरेन्द्र राईको विशिष्ट आतिथ्यता रहेको थियो । कम्पनीका शाखाका पुर्व प्रमुख दिनेश पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिनियर विजनेस मेनेजर राजेशकुमार आचार्यले गरेका थिए ।