कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६
1414

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र धुम्बाराही, काठमाडौंस्थित ह्याम्स हस्पिटल बीच आइतबार नगदरहित उपचार सम्झौता भएको छ । सम्झौताअनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बिमाको सुबिधा लिने ग्राहकहरूले उक्त हस्पिटलमा उपचार गरेमा बिमा लेखले खामेसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिने कम्पनीले जनाएको छ ।
यसबाट इन्स्योरेन्सका ग्राहकहरूले रकम अभावमा उपचारबाट बञ्चित हुनुनपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकाले त्यसबाट ग्राहकहरूलाई निकै राहत मिल्नेछ । सम्झौतामा कम्पनीकातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर सची रेग्मीले हस्ताक्षर गरेका थिए ।