कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
712

जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रतिसेयर सय अंकित दरको ३० लाख कित्ता साधारण सेयरहरू सर्वसाधारणहरूमा निष्कासन गर्नको लागि एनआईबीएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ ।
उक्त सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एसकेटमोट र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे । जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पुँजी २ अर्ब, जारी पँुजी १ अर्ब र चुक्ता पुँजी  ७० करोड छ भने सर्वसाधारणहरूलाई सेयर निष्कासन गरी बाँडफाँट गरेपश्चात् कम्पनीको चुक्तापँुजी १ अर्ब हुने पनि कम्पनीले जनाएको छ ।