एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारणसभाले जेठ १४ गतेको विशेष साधारणसभाको निर्णयअनुसार ६० प्रतिशत हकप्रद सेयर जारी गर्न लागिएको जनाएको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४-०७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७५ साल असार मसान्तको वासलात, २०७४ साउन १ देखि २०७५ असार ३२ सम्मको नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरूलगायत अन्य विषय सूचीहरूउपर छलफल भई पारित गर्ने निर्णय गरेको कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले जनाए ।
बिमा समितिको निर्देशनअनुसार १ अर्ब चुक्तापुँजी पु-याउनको हकप्रद सेयर जारी गर्न स्वीकृतिका लागि नेपाल धितोपत्रबोर्डमा विवणपत्र दर्ता गरिसकिएको र कम्पनीको सञ्चालकहरूलगायत आधारभूत सेयरधनीहरूलाई हकप्रद सेयर बापतको रकम अग्रिम रूपमा जम्मा गर्नका लागि अनुरोध गर्ने निर्णय पनि भइसकेको पनि वाग्लेले जनाए ।
कम्पनीको कुल लगानीमा गत आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले वृद्धि भई २०७५ साल असार मसान्तमा १९६ करोड रुपैयाँ पुगेको तथा आव २०७५-०७६ माकम्पनीको कुल कारोबार गत आव २०७४-०७५ कोे तुलनामा १०.६८ प्रतिशतले वृद्धि भई, १६६।५६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ र यसका सबै पोर्टफोलियोहरू निरन्तर वृद्धिमा रहेको कम्पनीले जनाएको छ ।