कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
991

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलबार सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत बोनस सेयरको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेसँगै कम्पनीको चुक्तापुँजी २ अर्ब नाघेको छ ।
कम्पनीको विशेष साधारणसभाले हालको चुक्तापुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांशसमेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशनअनुसार चुक्तापुँजी कायम गर्न विशेष साधारणसभा बोलाएको हो ।