कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६
861

राष्ट्रिय बिमा कम्पनी र कर्मचारी सञ्चयकोषबीच सञ्चयकर्ताहरूको १ लाख रुपैया“ बराबरको औषधोपचार तथा १० लाख रुपैया“ बराबरको घातक रोगको उपचारका लागि बिमा गर्ने सम्बन्धमा मिति २०७५ साल कात्तिक २८ गते सम्पन्न भएको समझदारीको आधारमा मिति २०७५ मंसिर १ गतेदेखि लागू हुने गरी बिमालेख जारी गरेको छ ।
हालसम्म ८ सय ५३ जना सञ्चयकर्ता बिरामीहरूका लागि ३ करोड ८८ लाख रुपैया“ बराबरको बिमा दाबी भुक्तानीसमेत गरिसकिएको कम्पनीले जानकारी गराएको छ । यसै सन्दर्भमा सोमबार कर्मचारी सञ्चयकोषको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ८ जना घातक रोगका सञ्चयकर्ताहरूलाई करिब ४० लाख रुपैया“ बराबरको घातक रोगको औषधोपचार खर्च प्रदान गरिएको भन्दै कम्पनीले यसरी बिमा दाबी रकम प्राप्त गर्ने सञ्चय कर्ताहरूमा शिवजी गुरुङ, शान्ता थापा देउला, राधादेवी भट्टराई, नरेन्द्रकुमार श्रेष्ठ, शान्तबहादुर देउला, सावित्री आचार्य, शान्तबहादुर भुजेल र लेखनाथ खतिवडा रहेको जानकारी गराएको छ ।