कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६
369

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) कोे अभिकर्ता, वजार प्रतिनिधि र एजेन्सी म्यानेजरहरुको राष्ट्रिय सम्मेलन विहीबार तथा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । कम्पनीमा आबद्ध ४४ हजार अभिकर्ताहरु मध्येमा उत्कृष्ट कार्यसम्पादन गरी छानिएका ११० एजेन्सी म्यानेजर र ४५० अभिकर्ताहरु गरी जम्मा ५६० जनाले सम्मेलनमा भाग लिएको भन्दै कम्पनीले अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि भारतबाट आएका बीमा प्रशिक्षक विजयकुमार झाले विशेष प्रशिक्षण प्रस्तुत गरेको जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले गत आ.ब. को व्यवसायिक समिक्षा गर्दै चालुु आ.ब. को लागि तयार गरिएका योजनाहरुको बारेमा प्रकाश पार्दै कार्यक्रममा आ.ब. २०७५-७६ का उत्कृष्ट १० जना एजेन्सी म्यानेजरकासाथ प्रथम बीमाशुल्क आर्जनको आधारमा उत्कृष्ट ३ अभिकर्ताहरु अन्जन भण्डारी, पूर्ण वहादुर खडका तथा राधिका शिवाकोटी र बीमालेख बिक्री संख्याको आधारमा उत्कृष्ट ३ अभिकर्ताहरुकिरण साह नायक, कामिनी देवी ठाकुर र रन्जना सिंहलाई शिल्ड तथा प्रशंसापत्रबाट सम्मानित पनि गरे ।