कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६
653

मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पूर्वी नेपालका तीन सहरमा पुगेको छ । मेरो सुरक्षाले पूर्वका विराटनगर, इटहरी र धरानमा आफ्नो सेवा विस्तार गरेको हो ।
यसअघि चितवन र वीरगन्जबाट सेवा दिइरहेको मेरो सुरक्षाले पश्चिम नेपालका तीन सहर बुटवल, पोखरा र पाल्पामा शाखा विस्तार गरेको थियो । पूर्वमा शाखा विस्तार भएसँगै सबै महानगरपालिका र ३ उपमहानगरपालिकामा मेरो सुरक्षाको सेवा पुगेको कम्पनीले जनाएको छ ।

मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले राजधानी तथा वीरगन्ज, चितवन, बुटवल, पोखरा र पाल्पामा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर सेवा विस्तार गरिएको बताए । साथै उनले आगामी भदौभित्र घोराही, धनगढी, नेपालगन्ज, तुलसीपुर, जनकपुर, हेटौंडा र तनहुँमा शाखाविस्तार गर्ने योजना रहेको जानकारी दिए ।
सञ्चालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बिमा सेवा उपलब्ध गराउँदै आएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई १ लाख रुपैयाँबराबरको बीमा सेवा पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ । सेवा सुरु गरेको छोटो समयमा नै ७० हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको मोबाइ लप्रोटेक्सन प्लानमा आवद्ध भइसकेका छन् ।
जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा योजनामा आबद्ध मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लानअन्तरर्गत नयाँ मोबाइल पाउने छन् । साथै हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराइनेछ ।
कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रूपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजनाअनुसार प्रयोगकर्ताले सबै डाटा सहितमर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् ।
मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र मेरो सुरक्षाले नयाँ मोबाइल उपलब्ध गराउनेछ । यो सेवा मोबाइल पसलहरूबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।
यो सेवा पाउनका लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रूपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नुपर्ने हुन्छ ।
मेरो सुरक्षाको ब्रान्ड एम्बेसडर महानायक राजेश हमाल छन् । मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका लाखौं प्रयोगकर्ता, मोबाइल व्यवसायी तथा राष्ट्रलाई योगदान पु-याउने विश्वास मेरो सुरक्षाले लिएको छ ।