कारोबार संवाददाता
मंगलबार, श्रावण १४, २०७६
774

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड लिमिटेडको विद्यमान सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँको दरले १० कित्ता सेयरको ६ को अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्न सोमबार सम्झौता गरेको जनाइएको छ ।
सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

 


सातामा धेरै पढिएको