कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६
265

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको १४९ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडियालाई चयन गरेको छ । केडिया यसअघि पनि अध्यक्ष थिए । कम्पनीको १७ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरूको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व हुने ३ जना सञ्चालकमा रतनलाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ वर्षका लागि निर्विरोध निर्वाचित गरेको थियो ।