कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
664

 निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा मंगलबार सिमरा, बारामा सम्पन्न भएको छ ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको विशेष साधारणसभाबाट चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पुँजीबाट हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ हुनेछ ।