कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
1585

सानिमा लाइफ इन्स्योरेन्स र सिर्जना फाइनान्स विराटनगरबीच जीवन बीमा सेवासम्बन्धी सम्झौत भएको छ । वीराटनगरमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईंले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख वित्त अधिकृत आर्यक रञ्जन बराल, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक सुवास वासु तथा विराटनगर शाखाका प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको भन्दै कम्पनीले सम्झौताअनुसार ग्राहकहले फाइनान्सका सम्पूर्ण शाखाहरूबाट सानिमा लाइफ इन्स्योरेन्सको उत्कृष्ट जीवनबीमा सेवा उपभोग गर्न सक्ने जनाएको छ ।