कारोबार संवाददाता
सोमवार, असार २, २०७६
367

नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको मूलभूत उपलब्धिहरूका बारेमा प्रकाश पारेका थिए ।
कम्पनीका अध्यक्ष महेशकुमार गरागाईंले कार्यक्रमको अध्यक्षता गर्दै आव २०७४।७४ मा कुल मुनाफा करिब १.५५ अर्ब गर्न सफल भएको वित्तीय विवरण स्वीकृतिका लागि वार्षिक साधारणसभामा पेश गरेका थिए उनले कम्पनीको कुल सम्पत्ति १३ अर्ब ३ करोड तथा प्रतिसेयर आय २०.११ रुपैयाँ भएको पनि जानकारी दिए ।