कारोबार संवाददाता
मंगलबार, जेठ २१, २०७६
244

सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारअन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानीबापत १४ लाख रुपैयाँबराबरको रकम भुक्तानी गरेको छ ।
सोलुखुम्बु नगरपालिका घर भई माल्दिभ्समा बसी काम गर्दै आएकी रमिता बिकको असामयिक भएको मृत्युबापत उनको ६ वर्षीय पुत्र सिमन बिकलाई सिटिजन लाइफइन्स्योरेन्सका सीओओ दशरथमणि खड्काले बिमांक बापतको रकम जम्मा १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।