कारोबार संवाददाता
शुक्रवार, जेठ १७, २०७६
139

 सिटिजन लाइफ इन्स्योरेन्सले जीवन सारथी योजनाअन्तर्गत मृत्यु दाबी भुक्तानीबापत मंगलबार ३ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । बर्दिबास, महोत्तरीमा एक कार्यक्रम गरी सिटिजन लाइफ बर्दिबासका शाखा प्रमुखले स्वर्गीय श्रिचन महतोको श्रीमती जानकी महतोलाई उक्त रकम एकमुष्ठ भुक्तानी गरेका हुन् । ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लसजस्ता नवीन तथा नौलो योजनाहरूले ग्राहकहरूको मन जित्न सफल भएको छ ।
जीवन सारथी योजनाअन्तर्गत बिमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लसमार्फत बिमितले सर्वाधिक २० घातक रोगहरूविरुद्ध ५० लाखसम्मको औषधि उपचार खर्च प्राप्त गर्ने छन् । नेपालभर फैलिएका ग्राहकहरूलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका ७३ विभिन्न ठाउँहरूमा आफ्नो शाखा विस्तार गरेको छ । साथै कम्पनीले हालसालै सिटिजन वार्षिक अग्रिम भुक्तानी बिमा योजना सार्वजनिक गरेको थियो ।