कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६
730

सानिमा बैंककले, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा नयाँ तथा पुराना बचत खाताका ग्राहकवर्गहरूका लागि बिमा योजना ल्याएको छ । यस योजनाअन्तर्गत ६ घातक रोगहरूको रक्षावरण सहितको ३ लाख रुपैयाँ बिमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बिमा बैंकले गरी दिने जनाएको छ ।
यस योजनाअन्तर्गत नयाँ ग्राहकहरूले सानिमा बैंककको बचत खाता खोल्दा बिमासम्बन्धी आवश्यक आवेदन बुझाउनुपर्ने छ भने पुराना ग्राहकहरूले बैंककको नजिकैको शाखामा सम्पर्क गरी वा बैंककको वेबसाइटमा लग इन गरी बिमा योजनाको आवेदन दिन सक्ने बैंकले जनाएको छ ।