कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६
202

आफ्नो ग्राहकहरूलाई बिमा सेवाका अतिरिक्त देशको सम्पूर्ण प्रदेशहरूमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा प्रदेश नं ५, बुटवल–६, रुपन्देहीस्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौतामा ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरूलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरूले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । हालसम्म काठमाडांै केन्द्रित सेवा प्रदायक साझेदार संस्थाहरूसँग सम्झौता गर्दै आएको कम्पनीले देशका अन्य प्रदेशस्थित संस्थाहरूसँग समेत सम्झौता गर्दै जाने र यस्ता सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरू लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ ।