कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६
149

ग्राहकवर्गहरूको सुरक्षा र निश्चिन्तताका लागि नवीनतम जीवन बिमा योजनाहरू ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३ औं शाखा कलैया, बारामा सञ्चालन गरेको जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त नयाँ शाखाको उद्घाटन भएको थियो । कलैयाका स्थानिय बासिन्दाहरूलाई बिमा योजनाहरूसम्बन्धी जानकारी प्रदान गर्न तथा सहज र सरल बिमा शुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ । २०७४ कात्तिकदेखि सञ्चालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरू माझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको दावी गर्दै कम्पनीले नेपालभर फैलिएको सिटिजन लाइफ इन्स्योरेन्सको ७३ वटा कार्यालय रहेको पनि जनाएको छ ।