कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६
187

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोज सिंह भण्डारीले हस्ताक्षर गरेका थिए । यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट कुनै पनि किसिमको बीमा लेख लिएका वीमितले (प्राकृतीक व्यक्ती ) काठमाण्डौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा उक्त हस्पिटलबाट विभिन्न स्वाथ्य उपचार सेवामा १०% सम्म छुट प्राप्त हुने कम्पनीले जनाएको छ ।