कारोबार संवाददाता
सोमवार, बैशाख १६, २०७६
1102

बीमा समितिले बीमा कम्पनी मर्जरमा लैजान विभिन्न सहुलियत घोषणा गर्दै आइतबार निर्देशिका जारी गरेको छ। समितिले कतिपय अवस्थामा फोर्सफुल मर्जरमा लैजान सक्ने भन्दै मर्जरमा जान चाहनेलाई समितिले प्रमुख कार्यकारीलाई कुलिङ पिरियड नलगाउने, न्यूनतम पूँजी अपुग हुन गएमा एक बर्षसम्मको अवधि दिने घोषणासमेत गरेको छ।
बीमितको हितको रक्षा वा समग्र बीमा ब्यवसायको प्रवर्द्धन गर्न दुई वा त्यसभन्दा बढि कम्पनी गाभ्न आवश्यक भएको ठहर गरेमा कारण खोली बीमकहरुलाई गाभ्न वा गाभिन नसक्ने वा नपर्ने कारण खुलाइ जबाफ पठाउन निर्देशन दिन सक्ने ब्यवस्था पनि समितिले गरेको छ।