कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६
685

देवः विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा सेवा दिने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार देवः विकास बैंक लिमिटेडले देशभर रहेका आफ्ना ४७ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बिमा योजनाहरू बिक्री गर्ने जनाएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले सावधिक बिमा योजना, डबल सावधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै ०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेका जनाउँदै सम्झौतामा देवः विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेको जनाएको छ ।