कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६
366

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेडकाबीच बिमासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेक थिए ।
सम्झौतापश्चात् नेपाल बैंक लिमिटेडका सबै शाखाहरूबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका जीवन बिमा योजनाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।