कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६
667

आफ्ना ग्राहकलाई बिमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा सुमेरु अस्पताल धापाखेल ललितपुरसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा ज्योतिलाइफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरूलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरूले सुमेरु अस्पतालबाट उपलब्ध हुने उच्चस्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरू लाभान्वित हुने विश्वास गर्दै कम्पनीले सम्झौतापत्रमा ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री र अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालले हस्ताक्षर गरेको पनि जनाएको छ ।