कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
381

ग्राहकहरुलाई बिमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा ज्योतिलाई फइन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ग्राण्डी अस्पतालबाट उपलब्ध हुने उच्चस्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । सम्झौतापत्रमा ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री र अस्पतालका बजार तथा व्यवसाय विकास प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका थिए ।