कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५
743

दैनिक जनजीवनमा अत्यावसकीय सेवामध्ये आर्थिक सुरक्षाका लागि बिमा एक मात्र भरपर्दो उपकरणको नामले पहिचान बनाउन सफल भएको छ । तर, नेपालको जनसख्ंयाको आधारमा बिमा सेवा पहुँच १ः३१ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकको आर्थिक सर्वेक्षणले प्रस्ट पारेको छ ।
राष्ट्रिय गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान करिब २ प्रतिशतमा तल छ । त्यस कारण बिमा सेवा पहुँच वृद्धि लक्षित नेप्लिज इन्स्योरेन्स सोसाइटीले घुम्ती बिमा सेवा कार्यक्रलाई सञ्चालनमा ल्याउन सफल भएको छ । यो कार्यक्रम देश भरी सञ्चालनमा ल्याइने संस्थाले जनाएको छ ।

घुम्ती बिमा सेवा कार्यक्रमलाई सफल बनाउन जीवन-निर्जीवनअन्तर्गत सञ्चालित ४० बिमा कम्पनीको प्रत्यक्ष सहभागिता रहने नेपाल इन्स्योरेन्सका जनरल म्यानेजर विक्रान्त पाण्डेले बताएका छन् । उनका अनुसार प्रत्येक प्रदेशमा यो सेवा सञ्चालनमा ल्याइनेछ भने त्याँहाका कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य उपचार, तेस्रो पक्ष दायित्वसहित सवारी साधन जस्ता शीर्षकमा सोही स्थानबाट बिमा सेवा उपलब्ध गराइनेछ ।
प्रत्येक प्रदेशमा सञ्चालन हुने यो कार्यक्रम वर्ष भरी हर्सउल्लासका साथ मनाइने जनाइएको छ । बिमा सेवा झनझट नभई अत्यावसकीय सेवा भएको सूचना प्रवाह गर्न घुम्ती सेवा प्रभावकारी हुनेछ । यस प्रयासबाट सरकारी र निजी क्षेत्रका लगानी सुरक्षित गर्न सहयोग पुग्ने अनि बताउँछन् । बिमा बजार आकार बि.सं. ०७२ सालको प्रलयकारी भुइँचालो पछि ह्वात्तै वृद्धि भएको छ । आम नागरिकले समेत त्यस पछिका दिनमा बिमालाई प्राथमिक्तामा राख्न थालेका छन् ।
बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार जनचेतनामूलक घुम्ती बिमा सेवालाई समितिको प्रत्यक्ष सहयोग रहनेछ । सेवा सञ्चालन भएको स्थानबाटै बिमांकीय रकमको आधारमा अनलाइनमार्फत पोलेसी जारी गरिने उनले बताएका छन् ।