कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४
919

कर्णालीमा पहिलो केही वर्षयता निर्जीवन बिमाप्रति आकर्षण बढ्दै गएको छ । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बिमाप्रतिको आकर्षण बढ्दो क्रममा देखिन्छ । सरकारी कार्यक्रम अनुसारले इन्स्योरेन्स कम्पनीहरू अहिले कर्णालीका ग्रामिण क्षेत्रमा जाने गरेका छन् ।
कर्णालीवासीले निर्जीवन, पशु कृषि, स्वास्थ्य सवारी साधन बिमा गरिरहेका छन् । जुम्लाबाट सुरु भएको निर्जीवन बिमा मुगु, कालिकोट, डोल्पा र हुम्लामा सञ्चालन भइरहेको छ । जुम्लामा निर्जीवन बिमाले धेरैलाई राहात पुराएको छ । जसमा अहिलेसम्म जुम्लामा ४७, डोल्पामा ६९ र मुगुमा पहिलो पटक ३० जनाले बिमा वापतको रकम प्राप्त गरिसकेका छन् । रकम भुक्तानी पाउने आशा नगरेका मुगुका राजकुमार बामले शनिबार हातमा चेक पाएपछि निकै खुसी देखिएका थिए ।

हुम्ला र कालिकोटमा भने, केही समयपछि बिमाबापतको विमकहरूले पाउने रकम भुक्तानी गर्ने तयारी भइरहेको शिखर इन्स्योरेन्सका शाखाहरूले बताएका छन् । जुम्लामा सवैभन्दा वढि एक हजार स्याउको बिमा गरिएको छ थियो । जो कर्णालीमनै बढी हो । भने मुगुमा सवैभन्दा कम १० वटा स्याउका वोटको बिमा गरिएको छ ।
निर्जीवन बिमा कार्यक्रममा सरकारी पक्षबाट ७५ प्रतिशत र बिमितले २५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ । बिमका फाईदाका बारेमा पछिल्लो समय बढ्दै गएको चेतनाका कारण बिमा गराउने कृर्षकहरूको संख्या बढ्दै गएको जुम्लाका बिमा सहजकर्ता लक्षिराम महतले बताए । उनका अनुसार थोरै लगानीले धेरै पाउने चेतनाले छोएपछि बिमा गर्नेहरूको संख्या बढ्दै छ । कर्णाली ४ जिल्ला भन्दा जुम्लामा सवै भन्दा बढि बिमित रहेका छन् । जस मध्य ४७ जनाले एक वर्ष यताको भुक्तानी पाएका छन् । भने जुम्लामा झण्डै ५ सय बढि बिमित संख्या छ । स्थानियको सहजताका लागि इन्स्योरेन्स कम्पन्नीहरूले भुक्तानी रकम सिदै बैंक खातामा हाल्ने र चेक हस्तान्तरण गर्ने गरेका छन् ।
थुप्रै इन्स्योरेन्स मध्य शिखर इन्स्योरेन्सले पहिलो पटक निर्जीवन बिमा र सक्षम कार्यक्रम लागु गरेको क्षेत्रिय प्रबन्धक ऋषिराज पाण्डेले बताए । उनका अनुसार कर्णालीमा अन्य बिमा कम्पन्नी भन्दा शिखर इन्स्योरेन्सलेले कर्णाली बासीको मन जितेको छ । अझै पनि कृर्षकहरूको सहजताका लागि सक्षम कार्यक्रमले निकै राहात पुराउने बताए ।
कर्णालीका तीन जिल्लामा निर्जीवन बिमाको रकम भुक्तानी पाएपछि स्थानिय हर्षित भएका छन् । चेतना बृद्धिले बिमा गर्नेको संख्या बढेपछि जोखिमबाट हुने क्षेतिपुर्ति रहेक किसानले पाउने छन् ।