कारोबार संवाददाता
शुक्रवार, पुष ६, २०७५
1359

 प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ जीवन बिमा योजना ‘श्रीवृद्घि जीवनबिमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेबाट बिहीबार उक्त जीवनबिमा योजना सार्वजनिक गरिएको हो ।
कार्यक्रयमा डा. घिमिरेले प्रभु लाइफले यसै गरी जनमानसबीच उत्कृष्ट जीवन बिमा योजनाहरू ल्याउँदै जाने कुरा बताए । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेलगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यहरू त्था विभिन्न संघ–संस्थाहरूका महानुभावहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा लामिछानेले यो जीवन बीमा अत्यन्तै प्रभावकारी हुने पनि बताए ।
श्रीवृद्घि जीवनबिमा योजनाअन्तर्गत बिमा रकममा प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ तर बिमा शुल्क (प्रिमियम) भने जीवन बिमा अवधिभरि नै एकैनास हुनेछ । मानौं, १० लाख रुपैयाँबराबरको २० वर्षे जीवनबिमा गर्दा पहिलो वर्ष नै १० लाखको ५० हजार रुपैयाँले वृद्घि हुन्छ अनि २० वर्षमा बिमा रकम २० लाखको हुनेछ र बोनससहित बिमितले बिमांकको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउने कम्पनीले जनायो ।