कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५
818

प्राइम लाइफ इन्स्योरेन्सले ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा अभिकर्ता अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई विशिष्ट अतिथिहरू सूचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी र मार्केटिङ विभाग प्रमुख नविन थापा, अतिथि कम्पनिका ५ नं. प्रदेश प्रमुख शिव पौडेललगायत रहेका थिए । 

कार्यक्रममा प्रमुख अतिथिले कम्पनिको पछिल्लो अवस्था र भावी कार्ययोजना बताउ“दै हरेक वर्ष नया“ बिमा योजना ल्याउने र कम्पनिले फरक ढंगले कार्य गरी सर्वोत्कृष्ट कम्पनि भएको र यसैलाई निरन्तरता दिने बताएका थिए । उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रहेका मार्केटिङ विभाग प्रमुखले अभिकर्ताहरूलाई प्रशिक्षण प्रदान गर्नुका साथै उपस्थितस“ग अन्तक्रिया गरी आगामी दिनमा अगाडि बढ्न र कम्पनिको व्यवसाय वृद्धि गर्न आ–आफ्नो स्थानबाट लाग्नुपर्ने बताए । 

कार्यक्रममा अर्घाख“ाची कार्यालय प्रमुख नारायण घिमिरे परासीका प्रमुख शिवनाथ गुप्ता, भैरहवाका प्रमुख सन्तोष अर्याल, बुटवल शाखाका अप्रेसन इन्चार्ज सुरेश ज्ञवालीलगायतको उपस्थिति थियो भने उक्त कार्यक्रम बुटवल शाखा प्रमुख रीता केसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ३० भन्दा बढी एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो ।