कारोबार संवाददाता
आइतवार, पुष १, २०७५
1062

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे कीर्तिपुरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले गरेका थिए । उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो ।
उक्त समारोहमा स्थानीय उद्योगी, व्यापारीहरू लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू, सहकारी संस्थाका प्रमुखहरू तथा सर्वसाधारणहरूको उपस्थिति थियो । शाखाको उद्घाटन कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बिमाको पहुँच फराकिलो हुँदै गएको हुनाले स्वस्थ्य प्रतिस्पर्धामार्फत आफ्ना ग्राहकहरूलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाव दिए ।