कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५
1155

काठमाडौं-नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई परिवारअन्तर्गत ‘हुन्डाई क्येर’ योजना ल्याएको छ । जसमा हरेक नयाँ हुन्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्यबिमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
आफ्नो ग्राहकसँग नजिक र आत्मियताको सम्बन्ध बनाउनको निम्त्ति हुन्डाई मोटर्सले हुन्डाई परिवार योजना सञ्चालन गर्दै आएको छ ।

आफ्ना ग्राहकको अमूल्य स्वास्थ्यलाई ध्यानमा राखि ‘हुन्डाई क्येर’ योजनाअन्तर्गत हुन्डाई परिवारको नयाँ ग्राहकवर्गले प्रत्येक हुन्डाई गाडीको खरिदमा आपmनो नजिकको परिवारका लागि १० लाख रुपैयाँसम्मको बिमा योजना (फेमिलि फ्लोटर योजना) प्रदान गर्ने जनाएको छ ।
हुन्डाई मोटर्सले निरन्तर ग्राहकसँग नजिक र आत्मियताको सम्बन्ध बनाउँदै आइरहेका छ । यो नयाँ योजनाले पनि आफ्ना ग्राहकमाझ खुसियाली छर्ने र नयाँ ग्राहकहरूको लागि हुन्डाई परिवारको साथ जोडिन मद्दत गर्ने आशा गरेको छ ।