कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५
1438

काठमाडौं-मारुती सिमेन्टद्वारा यही मंसिरको दोस्रो सातादेखि हेटौंडा, चितवन, पोखरा, आबुखैरेनीलगायत काठमाडौं उपत्यकामा उल्लासपूर्ण ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रमको आयोजना गरेको छ । ५ सय जनाभन्दा अधिक निर्माणकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रममा मारुती सिमेन्टद्वारा निर्माणकर्मीहरूलाई सुरक्षित निर्माणसम्बन्धी विभिन्न जानकारी दिनुका साथै उनीहरूलाई ५ लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बिमा तथा औषधोपचार खर्च योजना प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरूद्वारा विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक साथै हास्यव्यंग्य प्रस्तुति पनि देखाइएको थियो । कार्यक्रममा मारुती सिमेन्टका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बिमा योजना वितरण गर्दै, कार्यक्रमको उद्देश्य निर्माण क्षेत्रमा कार्यरत निर्माणकर्मीहरूको पौरखी हातहरूलाई भरोसा र आत्मविश्वास प्रदान गर्दै निस्फिक्री आफ्नो काममा लगनशील रहन हौसला प्रदान गर्ने मारुती सिमेन्टको प्रयासरहेको कुरा बताए । थप जानकारी दिँदै उनँले देशभरी नै यो कार्यक्रममार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको बताए । कार्यक्रममा कम्पनीका टेक्निकल कोअर्डिनेटर निशान श्रेष्ठले सुरक्षित निर्माणमा निर्माणकर्मीको अहम भूमिका रहने कुरा बताउँदै निर्माणको गुणस्तर तथा मजबुतिका विभिन्न पक्षका बारेमा जानकारी दिए । कार्यक्रममा सहभागी निर्माणकर्मीहरूलाई निर्माणसम्बन्धी औजार, निर्माण गाइड पुस्तिका र विभिन्न बजार प्रवद्र्धनका सामानहरूसमेत प्रदान गरिएको थियो ।