कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५
575

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र देवः विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच बिहिबारका दिन आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।