काब्रा एक्स्ट्रुसनटेक्निकद्वारा टेक्निकल सेमिनार आयोजना
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
127

भारतको प्रतिष्ठित एवं ठूलो प्लास्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनी काब्रा एक्स्ट्रुसनटेक्निकले प्लाटिक तथा पाइप एवं ब्लोन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिका बारेमा यस क्षेत्रमा काम गर्ने उद्योगी तथा नयाँ व्यवसायीहरूलाई जानकारी दिने उद्देश्यले काठमाडौंमा एक टेक्निकल सेमिनार सम्पन्न गरेको छ । करिब ५५ वर्षदेखि सफलतापूर्वक सञ्चालनरत विश्वविख्यात यस कम्पनीले नेपाललगायत ८५ देशहरूमा करिब १४ हजार आफ्ना मेसिनहरू जडान गरिसकेकोे छ ।
साथै बिक्री पछिको उच्चस्तरीय मर्मत सेवा र स्पेयर्स पार्टस्को सेवासमेत प्रदान गर्दै आएको छ । नयाँ उचाइका साथ अगाडि बढिरहेको काब्रासँग पीभीसी तथा पिई पाइपस्का लागि युरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङ मेसिनका लागि मेकानर, कोरुगेटरस्का लागि युनिकोरलगायत विदेशी साझेदारीसमेत छ । डिप सिँचाइको व्यवस्थाका लागि इजरायलसँग समेत साभेदारी गरेको जनाएको छ ।

सातामा धेरै पढिएको