कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५
482

 सेल्फी एक्स्पर्ट एन्ड लिडर, ओप्पोले नयाँ एन्ट्री–लेभल क्यामेरा फोन ओप्पो ए८३ २०१८ सार्वजनिक गरेको छ । ए८३ २०१८ यसै वर्षको जेनुअरी महिनामा सार्वजनिक गरिएको लोकप्रिय ओप्पो ए८३ को परिस्कृत भर्सन हो । तीव्र गतिमा उत्कृष्ट कार्य सम्पादनका लागि ओपो ए ८३ २०१८ मा कम्पनीले ४ जीबी ¥याम र ६४ जीबी रोमको व्यवस्था गरिएको छ ।
साथै, युवापुस्ता लक्षित गर्दै फोन गोल्डका साथै आकर्षक नीलो रंगमा पनि उपलब्ध गरिएको छ । फुल स्क्रिन डिस्प्ले र एआई ब्युटी रिकग्निसन प्रविधि सहितको ओप्पो ए८३ २०१८ले प्रयोगकर्तालाई थप वास्तविक र प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ ।
३१८० एमएएच ब्याट्री जडान गरिएको ए ८३को मूल्य २७ हजार ४ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । सार्वजनिक गरिएको नयाँ फोन नेपालभर रहेका कम्पनीका बिक्री केन्द्रमार्फत उपलब्ध गरिएको छ । ओप्पो ए८३ (४जीबी)का बारेमा बोल्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “जेनुअरीमा सार्वजनिक ओपो ए८३को परिस्कृत भर्जन ए८३ २०१८ मार्फत हामी किफायती बजेटमा स्मार्ट सेल्फी तथा शार्प परफरमेन्स चाहने उपभोक्ताका माग सम्बोधन गर्नमा समर्थ हुन्छौं भन्ने अपेक्षा लिएका छौँ ।”

सातामा धेरै पढिएको