कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
477

तातोपानी गाउँपालिकाका किशोरीहरूलाई सामाजिक सञ्जालको सही सदुपयोगको विषयमा जानकारी गराइएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग भइरहेकाले यसको सही सदुपयोगको विषयमा जानकारी गराइएको हो । सर्वोदय नेपालको सहयोगमा जुम्लाका तिला तथा तातोपानी गाउँपालिकाका किशोरीलाई फेसबुकको फाइदा तथा बेफाइदाका बारेमा अभिमुखीकरण गराइएको छ ।
भवानी आधारभूत विद्यालयका प्रधानाध्यपक अर्जुन बुढाले किशोरीहरूलाई विद्यालय तथा व्यक्तिगत रूपमा बाहिरी ज्ञान र विषयगत रूपमा गणित, अंगे्रजी तथा विज्ञान विषयमा तयारी कक्षा सञ्चालन गर्न सहयोग गर्ने बताए । किताबी ज्ञानसँगै व्यावहारिक ज्ञानले मात्रै हरेक व्यक्तिको चौतर्फी विकास हुने प्रधानाध्यापक बुढाको भनाइ छ ।

आगामी दिनमा किशोरीहरूको शैक्षिक उपलब्धि बढाउनका लागि यस कार्यले मद्दत गर्ने उनको भनाइ छ । सामाजिक सञ्जालको दुरुपयोगका कारणमा समाजमा परेको असरको विषयमा जानकारी पाएपछि त्यहाँका किशोरीरू खुसी भएका छन् ।
भगवानी किश्वरी समूहकी अध्यक्ष मन्जु चनाराले भनिन्, “हामीले साइबर क्राइम भएर धेरै युवायुवती फसको सुनेका थियाैँ । तर अहिले सबै स्पष्ट भएको बताइन् । यस्ता कार्यक्रम विद्यालयस्तरदेखि विभिन्न क्लबमा गर्दा पक्कै पनि युवायुवतीले फेसबुकको गलत प्रयोग नगर्ने विश्वास ब्यक्त गरिन् ।
आगामी दिनमा गाउँघरमा हुने छाउपडी तथा छुवाछुत प्रथाजस्ता सामाजिक विकृतिका विषयमा क्लबले सचेतनामूलक काम गर्दै अगाडि बढ्ने बताएका छन् । किशोरीहरू समूहमा मिलेर काम गर्न सकेमा सचेतनामूलक कार्यक्रमले समाजलाई परिवर्तन गर्न सकिने पत्रकार कृष्णमाया उपाध्यायले बताइन् । आगामी दिनमा गाउँघर सरसफाइ गर्नुका साथै गाउँघरमा हुने समस्यालाई समाधान गर्नका लागि पहल गर्नुपर्ने बताए । जुम्लामा सञ्चारर्कीहरूले सामाजिक सञ्जालको दुरुपयोगका कारण मानिसले धेरै दुःख पाइरहेको हुनाले सही सदुपयोग गर्न सुझाव दिए ।