कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
875

नयाँ वर्षको उपलक्ष्यमा दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ । साथमा ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको पनि कम्पनीले जनाएको छ । एक सातासम्मका लागि एक्सचेञ्ज अफर सुरु गरेको एप्ल वल्र्ड मोबाइलले दसैं–तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका विजेतालाई उपहारसमेत हस्तान्तरण गरेको छ । दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले नयाँ वर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर सञ्चालनमा ल्याएको हो ।
वैशाख १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने नयाँ वर्षमा नयाँ मोबाइल अफरअन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उक्त अफरअन्तर्गत जुनसुकै ब्रान्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टापट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत ५० प्रतिशत छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राईले जानकारी दिए ।